कलाकार जयनन्द लामाको निधन
कलाकार जयनन्द लामाको निधन

श्रेष्ठका अनुसार आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए ।

    • बेल संचार

    • ११ फाल्गुन २०७८, बुधबार

काठमाडौं

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए ।

श्रेष्ठका अनुसार आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

साताकाे चर्चित
सम्बन्धित