सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैन : मन्त्री झाँक्री
सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैन : मन्त्री झाँक्री
    • बेल संचार

    • १२ फाल्गुन २०७८, बिहीबार

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ । बुधवार पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “कि त सरकार छोडेर सडकमा जानु पर्यो । कि सरकारमा बसेर सडकमा जानु भएन ।” सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उहाँको भनाइ थियो।

उहाँले थप्नुभयो, “विरोधाभाष कुरा हुँदैन । पाटीले  निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।” सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उहाँले एमसीसी गलत भए आफूहरु ब्याक हुने बताउनुभयो ।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उहाँले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताउनुभयो । एमसीसी स्वीकार गर्दा र अस्वीकार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उहाँको भनाइ थियो । पार्टीको सचिवालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उहाँले यस विषयमा छलफल हुन जरुरी रहेको बताउनुभयो ।

तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसीसी टेबुल गर्न चाहेकोे भन्दै उहाँले अहिले (नेकपा एमाले)को मौनताले केही असहज बनाएको बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित