चन्द्रशेखरले बलिउडका तीन अभिनेत्रीलाई दिन्थे उपहार
चन्द्रशेखरले बलिउडका तीन अभिनेत्रीलाई दिन्थे उपहार
    • Bell Sanchar

    • १२ फाल्गुन २०७८, बिहीबार

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग प्रेममा रहेका महाठग सुकेश चन्द्रशेखरलाई लिएर नयाँ खुलासा भएको छ । उनले ज्याकलिन तथा अभिनेत्री नोरा फतेहीका अलावा सारा अलि खान, जाह्नवी कपूर र भूमि पेडणेकरलाई पनि उपहार पठाउने गरेको खुलासा भएको हो ।

एनफोर्समेन्ट डायरेक्टरेट ९ईडी०को हालैको छानविनमा यो कुरा बाहिर आएको हो । ईडीको अनुसन्धानअनुसार सुकेश आफूसँग भएको रकमले यी सारा, जाह्नवी र भूमिलाई उपहार पठाउँथे । हालै मात्र सुकेशले ज्याकलिनसँगको बोल्ड तस्बिर लिक भएपछि आफू ज्याकलिनसँग सम्बन्धमा रहेको र ज्याकुलिन मनी लन्ड्रिङ मामलामा संलग्न नरहेको दाबी गरेका थिए ।

सुकेशका अनुसार दुई सय करोड मनी लन्ड्रिङ मामिलामा ज्याकलिनको कुनै संलग्नता छैन । ‘म सबैसँग अनुरोध गर्दछु कि ज्याकलिनको नाम बदनाम नगर्नुहोस्’, उनले भनेका छन् । ज्याकलिनलाई इडीले भारत छोड्न रोक लगाएको छ । त्यहीकारण उनी अहिले विदेश जान पाएकी छैनन् ।

साताकाे चर्चित
सम्बन्धित