नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो, सत्तारूढ दलसहितका भातृसंगठन आन्दोलनमा
नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो, सत्तारूढ दलसहितका भातृसंगठन आन्दोलनमा

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ।

    • बेल संचार

    • १२ फाल्गुन २०७८, बिहीबार

संसदमा आज एमसिसीबारे छलफल हुने भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चालगायतका भ्रातृसंगठनले आन्दोलन चर्काउने भएका छन्।

राष्ट्रिय सहमतीमा मात्र एमसिसी पास गर्नुपर्ने भन्दै आएको माओवादी र समाजवादीका भातृ संगठनले आज पनि प्रदर्शन गर्ने भएका छन्।

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ।

संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ।
सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन्। फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल भएको थियो।

यसैबीच गृह मन्त्रालयले प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ। प्रतिनिधिसभा बैठकको समयमा संसद् भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै सुरक्षा थप बलियो बनाइएको हो ।

प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई रोक्न प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ।

यसअघि एमसीसी प्रस्ताव टेबुल हुने भएपछि दिनभर नयाँ बानेश्वर र आसपासको क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

साताकाे चर्चित
सम्बन्धित