रूसी आक्रमणपछि युक्रेनको अवस्था
रूसी आक्रमणपछि युक्रेनको अवस्था

छिमेकी रूसले सैन्य आक्रमण सुरू गरेपछि पूर्वी युरोपेली मुलुकका वासिन्दामा बिहीबार नयाँ अनिश्चितता छाएको छ। 

    • Bell Sanchar

    • १२ फाल्गुन २०७८, बिहीबार

छिमेकी रूसले सैन्य आक्रमण सुरू गरेपछि पूर्वी युरोपेली मुलुकका वासिन्दामा बिहीबार नयाँ अनिश्चितता छाएको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए। पुटिनको घोषणालगत्तै राजधानी किएभमा क्षेप्यास्त्र हानिएको छ भने अरू विभिन्न सहरहरूमा पनि आक्रमण भएको छ।

रूसी आक्रमणसँगै किएभवासीहरू सहर छोड्नका लागि लामवद्ध भएका छन्। पेट्रोल पम्पमा लामा लाइन लागेका छन्। मानिसहरू पैसा निकाल्न एटिएम कार्डमा पुगेका छन्।  सडकमा किएभ सहर छोडेर पश्चिमतिर जानेहरूका कारण जाम भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

राजधानी किएभका वासिन्दा क्षेप्यास्त्रको डरले मेट्रो रेलको सवस्टेशनमा आश्रय लिन पुगेका छन्।

रूसी राष्ट्रपति पुटिनले अहिलेको आक्रमण सैनिक संरचना र बेसमा मात्रै सीमित भएको बताए पनि युक्रेनियनहरूमा त्रास व्याप्त छ।

हेर्नुस् तस्बिरहरू:

 

साताकाे चर्चित
सम्बन्धित