बानेश्वरमा एमसिसीविरूद्ध प्रदर्शन: पानीको फोहरा र अश्रुग्यास प्रहार
बानेश्वरमा एमसिसीविरूद्ध प्रदर्शन: पानीको फोहरा र अश्रुग्यास प्रहार

प्रहरीले बनाएको सुरूक्षाको घेरालाई प्रदर्शनकारीले तोडे। उनीहरूले धकेलेर घेरा तोडेपछि प्रहरीले लाठी चार्ज गरेको हो।

    • बेल संचार

    • १२ फाल्गुन २०७८, बिहीबार

बिहीबार बानेश्वरमा एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ।

प्रहरीले बनाएको सुरूक्षाको घेरालाई प्रदर्शनकारीले तोडे। उनीहरूले धकेलेर घेरा तोडेपछि प्रहरीले लाठी चार्ज गरेको हो।

त्यसलगत्तै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्। भीडलाई तितरबितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग गरी पानीको फोहराले हानेको हो।

त्यस्तै अश्रु ग्यास पनि प्रहार गरेको छ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा एमसिसीबारे छलफल हुने कार्यसूची तय थियो।

एमसिसीबारे छलफल हुनेभएपछि संसद भवन बाहिर एमसिसीको विरोधमा प्रदर्शनकारीहरू भेला भएका हुन्। तर संसद बैठक भोलि सम्मको लागि स्थगित भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बसेको बैठकमा एमसिसी टेबल गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित