सडक तात्छ मात्र होइन, बल्छ- झलनाथ खनाल
सडक तात्छ मात्र होइन, बल्छ- झलनाथ खनाल

उनले अहिलेसम्म केही नभत्किएको भन्दै आगामी दिनको बारे भन्न नसकिने बताए।

    • बेल संचार

    • १२ फाल्गुन २०७८, बिहीबार

सत्ता साझेदार दलका नेता झलनाथ खनालले अहिलेकै अवस्थामा एमसिसी पास नहुने बताए।

उनले गठबन्धनको भविश्यबारे यकिनसाथ भन्न नसकिने जानकारी दिए।

एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक अचानक स्थगित भएपछि संसदबाहिर पत्रकारसँग प्रतिक्रिया दिँदै नेता खनालले मुलुकको स्वतन्त्रताको पक्षमा हुनेहरुले एमसिसीको समर्थन गर्नै नसक्ने दाबी दोहोर्‍याए।

‘गठबन्धन भनेको बन्छन्, बिग्रन्छन्’, खनालले भने।

उनले अहिलेसम्म केही नभत्किएको भन्दै आगामी दिनको बारे भन्न नसकिने बताए।

उनले सडक आन्दोलनबारे प्रष्ट पार्दै भने, ‘आवश्यकता अनुसार सडक तात्छ मात्र होइन, बल्छ पनि।’

साताकाे चर्चित
सम्बन्धित