रूसले बेलायती जहाजलाई आफ्नो आकाशमा उड्न नदिने
रूसले बेलायती जहाजलाई आफ्नो आकाशमा उड्न नदिने

त्यसको जवाफमा मस्कोले शुक्रबार बेलायती जहाजलाई आफ्नो आकाश नै प्रयोग गर्न नदिने निर्णय गरेको बिबिसीले जनाएको छ।

    • बेल संचार

    • १३ फाल्गुन २०७८, शुक्रबार

छिमेकी युक्रेनमाथि आक्रमण गरिरहेको रूसले बेलायती जहाजलाई आफ्नो देशको आकाशमा उड्न नदिने निर्णय गरेको छ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले प्रतिबन्धस्वरूप रूसको एरोफ्लोट एयरलाइन्सका जहाजलाई आफ्ना विमानस्थलमा अवतरण गर्न नदिने निर्णय गरेको थियो।

त्यसको जवाफमा मस्कोले शुक्रबार बेलायती जहाजलाई आफ्नो आकाश नै प्रयोग गर्न नदिने निर्णय गरेको बिबिसीले जनाएको छ।

रूसले आक्रमण गरिरहेको युक्रेनको आकाश बिहीबारदेखि नै नागरिक उडानका लागि बन्द गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित