दक्षिण कोरियाको धान खेती गर्ने क्षेत्रफल घट्दो
दक्षिण कोरियाको धान खेती गर्ने क्षेत्रफल घट्दो
    • बेल संचार

    • १४ फाल्गुन २०७८, शनिबार

एसियाली मुलुकमा कम चामल खपत भइरहेको बेला दक्षिण कोरियाको धान बाली लगाउन क्षेत्रफलमा सन् २०२१ मा सबैभन्दा बढी गिरावट भएको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ ।

कार्यालयका अनुसार २०२१ मा ७८ हजार ४४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ५.३ प्रतिशतले घटेको हो ।

 

सन् १९७५ पछि तथ्याङ्क सङ्कलन गर्न थालेदेखि यता यो सबैभन्दा द्रूत गतिमा कटौती भएको सङ्केत हो । सबैभन्दा ठूलो गिरावट आउनुमा एशियाली जनताको भोजन गर्ने बानीका कारण चमलको माग कम हुन थालेपछि कोरियाली कृषकले वैकल्पिक बाली लगाउन थालेका कारण भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

देशको प्रति व्यक्ति धान खपत एक वर्ष पहिलेको भन्दा १.४ प्रतिशतले कम भएर २०२१ मा ५६.९ किलोग्रामको न्यून रेकर्ड कायम भएको छ । यहाँको कूल धान उत्पादन भने १०.७ प्रतिशत बढेको र ३८ लाख ८० हजार टन पुगेको बताइएको छ ।

सन् २०२१ मासुख्खा खेतको क्षेत्रफल ३.४ प्रतिशतले बढेर ७६ हजार २७७ हेक्टरमा पुग्यो । यसले गर्दा मुलुकमा तरकारीको मूल्य उच्च हुँदा सबैभन्दा छिटो वृद्धि भएको हो । आधिकारीक तथ्याङ्कअनुसार २०२१ मा दक्षिण कोरियाको कूल खेतीयोग्य जमिन एक लाख ५४ हजार ७१७ हेक्टरमा आएको छ । यो अघिल्लो वर्षको भन्दा १.२ प्रतिशतले घटेको हो । यो सन् २०१३ देखि नवौं वर्षको गिरावट हो ।

साताकाे चर्चित
सम्बन्धित