माओवादी केन्द्रको संसदीय दल र एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी
माओवादी केन्द्रको संसदीय दल र एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

अर्को सत्तारूढ घटक एकीकृत समाजवादीको स्थायी कमिटी बैठक पनि अहिले बसिरहेको छ।

    • बेल संचार

    • १५ फाल्गुन २०७८, आईतवार

अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सत्तारूढ गठबन्धनको निर्णयपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का छुट्टाछुट्टै बैठक बसिरहेका छन्।

माओवादी केन्द्रको संसदीय दलको बैठक अहिले नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ।

यसअघि माओवादी संसदीय दलको बैठकले एमसिसी यथास्थितिमा पारित भए सरकारबाट बाहिरिने निर्णय गरेको थियो। आइतबार बिहान बसेको माओवादीका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले भने व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको छ।

अर्को सत्तारूढ घटक एकीकृत समाजवादीको स्थायी कमिटी बैठक पनि अहिले बसिरहेको छ।

बानेश्वरस्थित एक पार्टी प्यालेसमा बैठक जारी छ।

यसैबीच आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक केहीबेर ढिला हुने भएको छ।

दलहरूले आन्तरिक बैठक गरिरहेकाले संसद बैठक केही समय ढिला हुने भएको हो।

साताकाे चर्चित
सम्बन्धित