एमसीसीविरुद्ध माओवादी कार्यकर्ताको प्रदर्शन
एमसीसीविरुद्ध माओवादी कार्यकर्ताको प्रदर्शन

युवा संगठन वाईसीएलको झण्डा बोकेका उनीहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै केहीबेर नाराबाजी गरेका छन् ।

    • बेल संचार

    • १५ फाल्गुन २०७८, आईतवार

काठमाडौं

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरुले आज पनि काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन गरेका छन् ।

युवा संगठन वाईसीएलको झण्डा बोकेका उनीहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै केहीबेर नाराबाजी गरेका छन् ।

तर उनकै पार्टी नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका पाँच नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले भने विरोध जनाएका छन् ।

माओवादी बैठकलगत्तै बसेको सत्ता गठबन्धनको बैठकले पनि एमसीसीलाई आजै संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा दैनिकजसो प्रदर्शन हुँदै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित