प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त  
  प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त  

 नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गर्नुभएको हो ।

    • बेल संचार

    • १५ फाल्गुन २०७८, आईतवार

काठमाडौँ,
राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गर्नुभएको हो ।

मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो । नव नियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ ।

साताकाे चर्चित
सम्बन्धित