पछिल्लो २४ घण्टामा ४१५ जना सङ्क्रमणमुक्त   
   पछिल्लो २४ घण्टामा ४१५ जना सङ्क्रमणमुक्त   

योसँगै हालसम्म नौ लाख ५६ हजार ४१३ जना सङ्क्रमणमुक्त भएका छन् ।

    • बेल संचार

    • १५ फाल्गुन २०७८, आईतवार

काठमाडौँ,
पछिल्लो २४ घण्टामा ४१५ जना कोरोनाबट सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नौ लाख ५६ हजार ४१३ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशैभरी आठ हजार ५१७ जना सक्रिय सङ्क्रमित छन् ।

सो अवधिमा ६ हजार ४८४ जनाको पिसीआर परीक्षण गर्दा ९४ जना र तीन हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी जम्मा १११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १६ हजार १९१ पुगेको छ ।

हाल आठ हजार २८५ होम आइसोलेशनमा रहेको र २३२ जना संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८१ जना आइसीयु र १० जना भेन्टिलेटरमा उपचाररत् छन् भने १० वर्ष मुनिका चार बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एघारदेखि २० वर्ष उमेर समूहका ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । कोरोनाबाट नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३५ पुगेको छ ।

यस अवधिमा ४१ हजार ३६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखि हालसम्म कुल ३ करोड ६९ लाख ८४ हजार ६११ मात्रा खोप लगाइएको छ । पहिलो मात्रा लगाउने एक करोड ८४ लाख ५४ हजार ७१७ र पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक करोड ७४ लाख १९ हजार ३४४ पुगेको मन्त्रालयले जनाएको छ । एघार लाख १० हजार ५५० ले अतिरिक्त खोपको मात्रा लगाएका छन् ।–––

साताकाे चर्चित
सम्बन्धित