गगन थापाको भीम रावललाई सिधा चुनौती
गगन थापाको भीम रावललाई सिधा चुनौती

छलफलको अन्तिममा बोलेका कांग्रेस सांसद गगन थापाले रावलको चुनौती स्वीकार गर्दै थापाले सडकमा वा सदनमा जहाँ पनि बहस गर्न आफू तयार रहेको बताए।

    • बेल संचार

    • १५ फाल्गुन २०७८, आईतवार

अमेरिकी सहयोग परियोजना एमसिसीमा बहस गर्न नेकपा एमालेका सांसद भीम रावलले दिएको चुनौती नेपाली कांग्रेसका सांसद गगन थापाले स्वीकारेका छन्।

एमसिसी र सरकारले ल्याएको १२ बुँदे व्याख्यात्मक घोषणामा प्रतिनिधि सभामा बैठकमा बोल्दै रावलले एमसिसी सम्झौता राष्ट्रघाती भएको बताएका थिए। उनले एमसिसीबारे कुनै पनि विज्ञसँग आफू बहस गर्न तयार  रहेको भन्दै चुनौती दिएका थिए।

छलफलको अन्तिममा बोलेका कांग्रेस सांसद गगन थापाले रावलको चुनौती स्वीकार गर्दै थापाले सडकमा वा सदनमा जहाँ पनि बहस गर्न आफू तयार रहेको बताए।

साताकाे चर्चित
सम्बन्धित