एमालेको प्रतिक्रिया : व्याख्यात्मक घोषणाको अर्थ रहन्न   
     एमालेको प्रतिक्रिया : व्याख्यात्मक घोषणाको अर्थ रहन्न   

सो प्रस्ताव पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले कम्प्याक्टमाथिको व्याख्यात्मक घोषणासहित प्रस्ताव गर्नुभएको थियो ।    

    • बेल संचार

    • १५ फाल्गुन २०७८, आईतवार

काठमाडौँ, 
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको आजको बैठकबाट अनुमोदित ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता कम्प्याक्टमाथिको व्याख्यात्मक घोषणाको अर्थ नहुने प्रतिक्रिया दिएको छ ।

बैठकबाट बाहिरिने क्रममा एमालेका नेता खगराज अधिकारीले उक्त व्याख्यालाई सत्ता गठबन्धन कायम राख्ने सन्दर्भमा ल्याइएको टिप्पणी गर्नुभयो । सो प्रस्ताव पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले कम्प्याक्टमाथिको व्याख्यात्मक घोषणासहित प्रस्ताव गर्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित