काराबाओ कपको उपाधी लिभरपुललाई
काराबाओ कपको उपाधी लिभरपुललाई
    • बेल संचार

    • १६ फाल्गुन २०७८, सोमबार

चिरप्रतिद्वन्दी चेल्सीलाई पराजित गत्दै लिभरपुलले काराबाओ कप फुटबलको उपाधि जितेको छ । आइतबार राति वेम्बली मैदानमा भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० गोल अन्तरले हराउँदै लिभरपुल नवौं पटक च्याम्पियन भएको हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा कुनै गोल ननिस्किएपछी खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो ।

 

 

पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, फाबिन्हो, भिर्जिल भान डाइक, ट्रेण्ड आर्नोल्ड, मोहमद सलाह, डिएगो जोटा, डिभोक ओरिगी, एन्डी रोबर्टसन, हार्भे इलियोट, इब्राहिमा कोनाटे र केलिहरले गोल गरे ।

चेल्सीका मार्कोस अलन्सो, रोमेलु लुकाकु, काइ हार्भटेज, रिच जेम्स, जोर्जिन्हो, एन्टोनियो रुडिगर,एन्गोलो कान्टे, टिमो वेर्नेर, थियागो सिल्भा र ट्रेभो चालोबहले गोल गरे तर, चेल्सीका गोलकिपर केपा एरिजाबालगा पेनाल्टीमा गोल गर्न चुके ।

लिभरपुलले कीर्तिमानी नवौं पटक काराबाओ कपको उपाधि जितेको हो ।

साताकाे चर्चित
सम्बन्धित