शिवरात्रिअघि चिटिक्क पशुपति क्षेत्र
शिवरात्रिअघि चिटिक्क पशुपति क्षेत्र

यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ । मंगलबार फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।

    • Bell Sanchar

    • १६ फाल्गुन २०७८, सोमबार

काठमाडौँ

पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाउने काम गरिएको छ । कार्यका लागि करिव ५० लाख रुपैयाँ खर्च भएको बताइएको छ । यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ । मंगलबार फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।

 

 

 

 

साताकाे चर्चित
सम्बन्धित