ध्वस्त भयो संसारकै सबैभन्दा ठूलो हवाइजहाज ‘मृया’ !
ध्वस्त भयो संसारकै सबैभन्दा ठूलो हवाइजहाज ‘मृया’ !
    • बेल संचार

    • १७ फाल्गुन २०७८, मंगलवार

किभ (एजेन्सी) रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाज ध्वस्त भएको छ । विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभनजिकै रहेको विमानस्थलमा राखिएको अवस्थामा ध्वस्त पारिउिएको हो । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीट गर्दै संसारकै ठूलो जहाज एएन-२२५ ‘मृया’ ध्वस्त भएको बताएका छन् । पाँचौ दिन मस्कोले युक्रेनमाथि आक्रमण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले सो खुलासा गरेका हुन् ।

रुसको गोलाबारीपछि एएन–२२५ मृया ध्वस्त भएको हो । युक्रेनको एरोनेटिक्स कम्पनी एन्टोनोभले निर्माण गरेको एएन–२२५ मिरियामा विश्वकै सबैभन्दा ठूलो कार्गो जहाज बताइन्छ । रुसी सेनाको गोलाबारीपछि किभबाहिर रहेको हस्टोमेल एयरपोर्टबाहिर सो जहाज जलेको थियो ।

‘विश्वकै ठूलो मृया ‘द ड्रिम’ लाई रुसी अतिक्रमणकारीहरुले किभ नजिकैको मैदानमा आक्रमण गरेका छन् । हामीले फेरि जहाज बनाउनेछौं । हामी बलियो, स्वतन्त्र र लोकतान्त्रिक युक्रेनको हाम्रो सपना पूरा गर्नेछौं,’ देशको एउटा आधिकारिक ट्विटर ह्यान्डलमा ट्विट गरिएको छ ।

ट्विटसँगै युक्रेननको ट्विट ह्यान्डलमा एउटा तस्विर र क्याप्सन पोस्ट गरिएको छ । क्याप्सनमा लेखिएको छ, ‘उनीहरुले हाम्रो सबैभन्दा ठूलो जहाज जलाएका छन, तर हाम्रो मृया कहिल्यै विनाश हुनेछैन् । ’

 

साताकाे चर्चित
सम्बन्धित