गोपाल हमालले त्यागे विवेकशील साझा
गोपाल हमालले त्यागे विवेकशील साझा

उनी ०७४ साउन २८ गतेदेखि विवेकशील साझामा प्रदेश संयोजक थिए।

    • बेल संचार

    • १७ फाल्गुन २०७८, मंगलवार

विवेकशील साझा पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले पार्टी छाडेका छन्।

उनी ०७४ साउन २८ गतेदेखि विवेकशील साझामा प्रदेश संयोजक थिए।

०७४ कै स्थानीय तह चुनावमा उनी स्वतन्त्र ढंगले धनगढी उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए।

आफूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको हमालले सेतोपाटीलाई बताए।

आउँदो वैशाख ३० मा हुने स्थानीय चुनावमा स्वतन्त्र ढंगले मेयरमा फेरि उम्मेदवार बन्ने हमालले बताएका छन्।

‘उपमहानगरका बासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएका छन्, त्यसैले मैले पार्टीबाट राजीनामा दिएको हुँ,’ उनले भने, ‘अरू केही कारण छैन। म अरू पार्टी प्रवेश गर्दिनँ।’

आफूलाई पहिलेदेखि नै अन्य पार्टीमा प्रवेश गर्न आग्रह आइरहे पनि इन्कार गर्दै आएको उनको भनाइ थियो।

साताकाे चर्चित
सम्बन्धित