जसपाको विधान महाधिवेशन असारमा
जसपाको विधान महाधिवेशन असारमा

साथै जसपाले फागुन २९ र ३० गते केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ।

    • बेल संचार

    • १८ फाल्गुन २०७८, बुधबार

जनता समाजवादी पार्टी (जसपा) ले आउँदो असारमा विधान महाधिवेशन गर्ने भएको छ।

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

बैठकले फागुन २८ गते संघीय परिषद बैठक बस्नेसमेत निर्णय गरेको छ। जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई छन् भने केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव छन्।

साथै जसपाले फागुन २९ र ३० गते केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ।

 

साताकाे चर्चित
सम्बन्धित