विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल
विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल

मन्त्रिपरिषदले विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

    • बेल संचार

    • १८ फाल्गुन २०७८, बुधबार

मन्त्रिपरिषदले विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै आज सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उच्च अदालत पाटनका न्यायाधीश पौडेललाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय भएको बताए।

साथै सदस्यहरूमा न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिकराम कोइराला, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारू छन्।

साताकाे चर्चित
सम्बन्धित