सुवास नेम्वाङ : छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गरियो
सुवास नेम्वाङ : छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गरियो

उपनेता नेम्वाङले प्रधानन्यायाधीश जबराविरूद्ध छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गरिएको र यसबारे अहिलेसम्म नेकपा एमालेसँग कुरा नभएको दाबी समेत गरे।

    • बेल संचार

    • १८ फाल्गुन २०७८, बुधबार

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद नचल्नु सत्तापक्षको लागि ठूलो र गम्भीर विषय भए पनि अहिलेको सरकार र  सभामुखले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप लगाएका छन्।

प्रतिनिधि सभा बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरूद्ध सत्तापक्षले ल्याएको महाअभियोग पास गर्न नभई दर्ताका लागि मात्र ल्याएको बताए।

उपनेता नेम्वाङले प्रधानन्यायाधीश जबराविरूद्ध छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गरिएको र यसबारे अहिलेसम्म नेकपा एमालेसँग कुरा नभएको दाबी समेत गरे।

सांसद नेम्वाङले भने, ‘वास्तवमा संसद चलेन भने सत्तापक्षको लागि त्यो भयंकर ठूलो चिन्ताको विषय हुन्छ। तर तपाईंहरूले देखिराख्नु भएको छ, प्रमुख प्रतिपक्ष वेलमा गएको विषय सत्तापक्षको लागि गम्भीर विषय नै बनेन। उहाँहरूले आनन्द मानिरहनु भएको छ।’

सत्तापक्षले यो विषयलाई गम्भीर नलिएको उनले बताए।

‘सत्तापक्ष र सभामुख हामीले उठाएका विषयहरूप्रति गम्भीर बन्नुभएन। संसदको रेफ्री भनेको सभामुख हो। फल छुट्याउने रेफ्रीले हाम्रै पोष्टमा गोल हानिदिएपछि यो अवस्था सिर्जना भएको हो। महाअभियोग हाल्ने साथीहरूलाई यसको फिटिक्कै चिन्ता छैन। त्यसैले कसैसँग कुरा नै गर्नुभएको छैन’, उनले भने, ‘महाअभियोग पास हुन दुई तिहाइ बहुमत चाहिन्छ तर उहाँहरू सुटुक्क हामीले थाहा पाउँछौं कि जस्तो गरेर छापामार शैलीमा महाअभियोग दर्ता गर्ने र अहिलेसम्म हामीसँग कुरा गर्नुभएको छैन। महाअभियोग पास गर्नको लागि होइन, दर्ता गर्नको लागि मात्रै हो।’

 

साताकाे चर्चित
सम्बन्धित