बाबुराम भट्टराई : जनताको समस्या संसदमा नराखी ज्याला लिनु लज्जास्पद
बाबुराम भट्टराई : जनताको समस्या संसदमा नराखी ज्याला लिनु लज्जास्पद

उनले जनताको समस्या संसदमा नराखी ज्याला लिनु लज्जास्पद भएको बताए।

    • बेल संचार

    • १८ फाल्गुन २०७८, बुधबार

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद अवरोधको निकास खोज्न नसक्नु गैरजिम्मेवारीपन भएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्।

उनले जनताको समस्या संसदमा नराखी ज्याला लिनु लज्जास्पद भएको बताए।

अध्यक्ष भट्टराईले सरकारले संसदको अवरोध नहटाउनु जनताप्रतिको अपमान भएको आरोपसमेत लगाए।

अध्यक्ष भट्टराईले भने, ‘जनताको सर्वोच्च प्रतिनिधि सभा ६ महिनादेखि बन्द बस्नु उपयुक्त हुँदैन। यो दुःखद् भयो। सबै जिम्मेवार बनेर यसको निकास खोजौं भन्ने कुरा मैले राखेको छु। सबै कुराको निकास खोज्न सकिन्छ। यो एकदमै गैरजिम्मेवार भयो। हामी आउँछौं भत्ता बुझ्छौं, हिँड्छौं, जनताको समस्या राख्दैनौं भने बिनाकामको ज्याला लिनु राम्रो होइन। यो बेठिक भइरहेको छ। यसको छिटो निकास निस्कनु पर्छ। यो शोभनीय भएन, जनताप्रति अपमान हो।’

साताकाे चर्चित
सम्बन्धित