५ दिन हिरासतमा राख्न अनुमति ,सांसद मोहन बानियाँलाई
५ दिन हिरासतमा राख्न अनुमति ,सांसद मोहन बानियाँलाई

जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न जिल्ला अदालत, बाँकेले अनुमति दिएको हो ।

    • बेल संचार

    • १८ फाल्गुन २०७८, बुधबार

काठमाडौं

नेकपा एमालेबाट निर्वाचित मुगुका सांसद मोहन बानियाँलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न जिल्ला अदालत, बाँकेले अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसूदन न्यौपानेले अदालतबाट प्राप्त समयमा थप अनुसन्धान र बानियाँको बयान प्रक्रिया थालिने अनलाइनखबरलाई बताए ।
बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रहरीले १६ फागुनमा उनलाई पक्राउ गरेको थियो ।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । बानियाँले आफूविरुद्ध आरोप झुट आरोप लगाइएको दाबी गर्दै आएका छन् ।

साताकाे चर्चित
सम्बन्धित