युक्रेनमा बास्तविक युद्धको सुनामी अझै आउन बाँकी छ, पुरै युक्रेन कब्जा गर्न चाहन्छ रुसः फ्रान्सका राष्ट्रपति
युक्रेनमा बास्तविक युद्धको सुनामी अझै आउन बाँकी छ, पुरै युक्रेन कब्जा गर्न चाहन्छ रुसः फ्रान्सका राष्ट्रपति
    • बेल संचार

    • २० फाल्गुन २०७८, शुक्रबार

रुसले पुरै युक्रेन कब्जा गर्न चाहेको र युद्धको वास्तविक सुनामी अब केही दिनमा आउने फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोनले दिएका छन् । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनसँग डेढ घण्टा सम्म टेलिफोनमा कुरागरेपछि म्याक्रोनले यो ब्याख्या गरेको उनका सल्लाहकारलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

म्याक्रोनले युद्ध बिराम गराउन निरन्तर पहल गरीरहेका छन् ।
पुटिनले रुसको सुरक्षा सुनिश्चितताका लागि युक्रेन तठस्त राष्ट्र हुनु पर्ने जस्ता शर्त राखेका छन् ।

यता दुबै देशका प्रतिनिधिबीच बेलारुस र पोल्याण्डको सीमानामा वार्ता चलिरहेको छ । त्यसमा युक्रेनले तत्काल युद्ध बिरामको प्रस्ताव दोहोर्याएको छ । तर रुसले आफ्ना शर्तहरु पहिला मान्नु पर्ने बताएको छ ।

उच्च स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाए अनुसार युद्धले पुरै बर्बादीतिर गएको युक्रैनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले सिधै पुटिनसँग वार्ता गर्न चाहेका छन् । तर तत्काल पुटिन उनलाई भेट्ने मनशायमा छैनन् ।

साताकाे चर्चित
सम्बन्धित