एकातिर ८ दिन देखि रुस र युक्रेनबीच भीषण युद्ध जारी छ । यस युद्धमा दुबै देशका हजारौँ सेना र सर्वसाधारणको मृत्यु भईसकेको छ । हजार बढी सैन्य संरचना र सँंयौ गैरसैनिक संरचना समेत ध्वस्त भएका छन् ।
यही भीषण युद्धका बीच रुसी सेनाले युक्रेनी नागरिकलाई मानवीय सहायता प्रदान गरेको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ ।
रुसी समाचार संस्था तासले तस्वीर सहित यो समाचार प्रकाशित गरेको छ । खारकिभ क्षेत्र आसपासका युक्रेनी नागरिकका लागि रुसको बेलगोरोडका रुसी जनताको तर्फबाट पठाईएका ३० टन सहायता सामाग्री रुसी सेनाले वितरण गरेको रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।
प्रशोधित माछामासु, खाद्यन्न, पिउने पानी, बेकरी जस्ता सामाग्री युक्रेनका महिला, बालबालिका र बृद्ध बृद्धाहरुलाई वितरण गरिएको रुसी सेनाले जनाएको छ ।