युक्रेनी नागरिकको मृत्युको लागि नेटो पनि आंशिक रूपमा जिम्मेवार : युक्रेन
युक्रेनी नागरिकको मृत्युको लागि नेटो पनि आंशिक रूपमा जिम्मेवार : युक्रेन
    • बेल संचार

    • २० फाल्गुन २०७८, शुक्रबार

युक्रेनका उपप्रधानमन्त्रीले युक्रेनी नागरिकको मृत्युको लागि उत्तरी एट्लान्टिक सन्धि सङ्गठन (नेटो) पनि आंशिक रूपमा जिम्मेवार रहेको बताएका छन्।

बीबीसी रेडियो ४ को वल्र्ड टुनाइट कार्यक्रममा उपप्रधानमन्त्री ओल्हा स्टेफानिशियानाले युक्रेनमाथि नेटोले‘नो फ्लाई जोन’ लागू गर्न अस्वीकार गरेको कारण आफ्नो नागरिकको मृत्यु भएको उनले आरोप लगाइन्।

नो फ्लाई जोन’ लागू नगर्दा सर्वसाधारण र बालबालिकाको ज्यान जानेछ भन्ने थाहा पाउनु अमानवीय छ,’ उनले भनिन्,‘रसियाका हात नागरिकको रगतले मात्रै लज्जित भएका छैनन्, ज्यान गुमाउनेमा दुई सन्तानका बाबुआमा पनि छन्, जसको अघिल्लो दिन मात्रै जन्मिएको र भोलिपल्ट भएको गोलीकाण्डमा बालबालिकाले आफ्ना अभिभावक गुमाएका छन् ।’

साताकाे चर्चित
सम्बन्धित