सामाजिक सञ्जालमार्फत् अफवाह फैलाउनेलाई कारबाही गर्ने गृहको चेतावनी
सामाजिक सञ्जालमार्फत् अफवाह फैलाउनेलाई कारबाही गर्ने गृहको चेतावनी

गृह मन्त्रालयले सामाजिक सञ्जालको दुरूपयोग गरी शान्ति खलबल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारबाही गर्ने चेतावनी दिएको छ।

    • बेल संचार

    • २० फाल्गुन २०७८, शुक्रबार

गृह मन्त्रालयले सामाजिक सञ्जालको दुरूपयोग गरी शान्ति खलबल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ- विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी फेसबुक, युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झूटा क्याप्सन राखी भिडिओ तथा तस्वीरहरू अपलोड गरेको देखिएको हुँदा त्यस्ता क्रियाकलापमा संलग्न जोसुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ।

त्यस्ता क्रियाकलाप विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने गृहले चेतावनी दिएको छ।

साताकाे चर्चित
सम्बन्धित