युक्रेनका राष्ट्रपति देश छाडेर भागेको रुसी मिडियाको दाबी
युक्रेनका राष्ट्रपति देश छाडेर भागेको रुसी मिडियाको दाबी
    • बेल संचार

    • २१ फाल्गुन २०७८, शनिबार

रुस र युक्रेनबीच जारी युद्धको नवौँ दिन युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकी देश छाडेर पोल्याण्ड पुगेको रुसी सञ्चार माध्यमको दाबी छ ।

रुसी समाचारहरुका अनुसार जेलेन्सकीलाई युक्रेनको एलभोबबाट पोल्याण्ड पुर्याईएको छ । उनले हिजो मात्रै आफूले देश नछाड्ने भन्दै उद्धार गर्ने अमेरीकी राष्ट्रपतिको अफरलाई अस्वीकार गरेका थिए ।

यस अघि रुसी मिडियाले जेलेन्सकी किभबाट भागेर एलभोब शहरमा पुगेको दाबी गरेको थियो ।
यस विषयमा युक्रेनले कुनै प्रतिकृया दिएको छैन ।

साताकाे चर्चित
सम्बन्धित