नेशनल प्याब्सनको उपमहासचिवमा प्रल्हाद दाहालको उम्मेदवारी घोषणा
नेशनल प्याब्सनको उपमहासचिवमा प्रल्हाद दाहालको उम्मेदवारी घोषणा

संस्थामा उनी एक कार्यकाल काठमाडौं जिल्लामा , एक कार्यकाल केन्द्रीय सदस्य र एक कार्यकाल केन्द्रीय सचिव भएर काम गरिसकेका छन् ।

    • बेल संचार

    • २१ फाल्गुन २०७८, शनिबार

काठमाडौँ

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन ) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय उप-महासचिव पदमा प्रल्हाद दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।

उनले वर्तमान अवस्थामा विद्यालय अत्यन्तै कठिन मोडमा उभिएका छन् । यी र यस्ता शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि आफू निरन्तर लाग्ने र संगठनमा सफल नेतृत्व प्रदान गरि सकारात्मक सोच सहितको प्रतिस्पर्धी संस्थाको रूपमा अघि बढाउने प्रतिबद्धता सहित उप-महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

“सहजतामा मात्र नभई संकटमा पनि साथ निजी विद्यालय सदैव बालबालिका माझ” भन्ने मूल नारालाई आत्मसाथ गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन ) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा दाहालले उप-महासचिव पदमा उम्मेदवारी दिन लागेका हुन् । सेन्ट जर्ज स्कुलका संस्थापक निर्देशक समेत रहेका दाहालले शिक्षामा निजी क्षेत्रको लगानीको सुनिश्चितता गर्दै कम्पनीको संरक्षणका लागि आफ्नो मुख्य प्रतिबद्धता रहेको बताए ।

नेशनल प्याब्सनलाई संस्थागत रुपमा सबल र समृद्ध बनाउन, सदस्य विद्यालयहरुको हकहित संरक्षण र प्रबर्द्धन गर्न, विभेदकारी छात्रबृत्ती नीतिलाई निस्कृय बनाउने लगायतको प्रतिबद्धता दाहालले गरेका छन् ।

नेशनल प्याब्सनमा दाहाल २० वर्षदेखि सक्रिय छन् । संस्थामा उनी एक कार्यकाल काठमाडौं जिल्लामा , एक कार्यकाल केन्द्रीय सदस्य र एक कार्यकाल केन्द्रीय सचिव भएर काम गरिसकेका छन् । चितवनमा भएको छैटौं महाधिवेशनमा सचीव पदको प्रत्यासी भएर झिनो मतले उनी पराजित भएका थिए । शिक्षामा निजी क्षेत्रको लगानीको सुनिश्चितता गर्नु नै आफ्नो मुख्य प्रतिबद्धता रहेको दाहालले बताए ।

नेशलन प्याब्सनलाई संस्थागत रुपमा सबल र समृद्ध बनाउन, सदस्य विद्यालयहरुको हकहित संरक्षण र प्रबर्द्धन गर्न, विभेदकारी छात्रबृत्ती नीतिलाई निस्कृय बनाउने लगायतको प्रतिबद्धता दाहाललले गरेका छन् । महाधिवेशन यही फागुन २२ र २३ गते बाँकेको नेपालञ्जमा हुँदैछ ।

साताकाे चर्चित
सम्बन्धित