प्रभासले गरे ‘बाहुबली ३’ पनि बनाइने संकेत
प्रभासले गरे ‘बाहुबली ३’ पनि बनाइने संकेत
    • Bell Sanchar

    • २२ फाल्गुन २०७८, आईतवार

काठमाडौं । ब्लकबस्टर फिल्म सिरिज बाहुबलीको तेस्रो भाग पनि बन्ने संकेत देखिएको छ । पछिल्लो जानकारीअनुसार बाहुबली अभिनेता प्रभास र निर्देशक एसएस राजामौलीले उक पटक फेरि एउटै फिल्ममा सहकार्य गर्ने भएका छन् । उनीहरुको यो सहकार्यमा बाहुबली ३ बन्ने सम्भावना रहेको अभिनेता प्रभासले संकेत गरेका छन् ।

प्रभास अहिले आफ्नो आउँदो फिल्म राधे श्यामको प्रचारमा व्यस्त छन् । फिल्मको ट्रेलर लञ्च इभेन्टमा प्रभासले मिडियासँग कुरा गरे । त्यतिबेला प्रभाससँग बाहुबलीको तेस्रो भाग र निर्देशक एसएस राजामौलीसँग फेरि काम गर्ने विषयमा प्रश्न सोधिएको थियो । यसको जवाफमा प्रभासले आफू र राजामौली राम्रो साथी रहेको र दुईबीच राम्रो सम्बन्ध रहेको बताए ।

बाहुबली ३ का विषयमा प्रभासले भने ‘हामी प्रायः आउने प्रोजेक्टबारे कुरा गर्छौं । केही त निश्चय हुनेछ । कसलाई थाहा छ र ? आउने दिनमा जे पनि हुन सक्छ ।’ प्रभासले सिधै बाहुबली ३ बन्छ त भनेनन् तर यो कुरा अस्वीकार पनि गरेनन् । प्रभासले आगामी दिनमा आफूले बाहुबलीसँग काम गर्न लागेको त बताए तर त्यो प्रोजेक्ट बाहुबली ३ हुनेछ वा अरु कुनै भन्ने विषयमा भने अझै पनि खुला साभएको छैन ।

साताकाे चर्चित
सम्बन्धित