रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले जेलेन्सकी युक्रेन र युक्रेनी जनताका लागि खतरा रहेको टिप्पणी गरेका छन् । जेलेन्सकीलाई हिटलर सँग तुलना गदै पुटिनले डोनबास क्षेत्रमा ८ वर्षदेखि हजारौँ महिला बालबालिका र नागरिकको नरसंहार गरेको बताए ।
शान्तिपूर्ण रुपमा डोनबासको समस्या समाधान गर्न रुसले अधिक प्रयास गरेपनि जेलेन्सकी तयार नभएकोले नवनाजिवाद र युक्रेनको असैन्यकरणका लागि बिशेष सैन्य अभियान शुरु गर्ने निर्णय गरेको पुटिनले बताए ।
जेलेन्सकीले युक्रेनको भविष्य खतरामा पारेको पुटिनले बताए ।
युक्रेन तठस्त राष्ट्र हुनु पर्ने र रुसको सुरक्षा हितमा खतरा पुर्याउने काम गर्न नहुने भन्दै पुटिनले युक्रेनको सैन्य संरचनाहरु लगभग ध्वस्त पारिएको दाबी गरे ।
उनले अमेरीकी नेतृत्वको नेटोले लगाएको प्रतिवन्ध रुसमाथि एक खालको युद्ध भएको भन्दै युक्रेनमा नो फ्लाई जोन लागू गरिए त्यसले अर्को युद्धको घोषणाको रुप लिने चेतावनी दिए ।