आँपपिपल अस्पतालमा एकै दिन भयाे माेतीबिन्दु भएका ८० जनाकाे अप्रेशन
आँपपिपल अस्पतालमा एकै दिन भयाे माेतीबिन्दु भएका ८० जनाकाे अप्रेशन
    • बेल संचार

    • २२ फाल्गुन २०७८, आईतवार

गोरखा । आँपपिपल अस्पतालमा एकै दिन ८० जना माेतीबिन्दु भएकाकाे शल्यक्रिया भएकाे छ । पालुङ्गटार नगरपालिका र आँपपिपल अस्पतालकाे आयाेजनामा शनिबार भएकाे शिविरमा ८० जना माेतीबिन्दु भएका बिरामीकाे निशुल्क शल्यक्रिया भएकाे हाे ।

काठमाण्डाैकाे मातृका आई केयर सेन्टरकाे प्राविधिक सहयाेगमा निशुल्क शल्यक्रिया गरिएकाे अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीले जानकारी दिए । शिविरमा १ सय २ जनाले आँखा परिक्षण गराएपनि ८० जनाले मात्रै शल्यक्रिया गराएकाे उनले बताए ।

शल्यक्रियाका लागि केहिदिन अघि नै अस्पताल र नगरपालिकाले खरिबाेट, बडडाँडाँ, खाेप्लाङ्ग लगायतका स्थानमा शिविर आयाेजना गरेर आँखाका बिरामीकाे स्क्रिनिङ्ग गरेकाे थियाे । जसमा माेतीबिन्दु देखिएका बिरामीलाई आज अस्पतालमा बाेलाएर शल्यक्रिया गरिएकाे गिरीकाे भनाई छ ।

शल्यक्रिया मातृका आई केयर सेन्टरका नेत्र राेग विशेषज्ञ डा. सिमान्त खड्का नेतृत्वकाे टाेलीले गरेकाे थियाे ।

साताकाे चर्चित
सम्बन्धित