राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश   
     राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश   

 प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७/७८ को सो प्रतिवेदन पेश गर्नुभएको हो ।

    • बेल संचार

    • २२ फाल्गुन २०७८, आईतवार

sf7df8f}F, @@ kmfu'gM /fli6«o ;'/Iff kl/ifbsf] rf}yf] jflif{s k|ltj]bg k]z /fi6«klt ljBfb]jL e08f/L;dIf cfOtaf/ /fi6«klt sfof{no zLtnlgjf; k|wfgdGqL z]/axfb'/ b]pjf /fli6«o ;'/Iff kl/ifbsf] rf}yf] jflif{s k|ltj]bg k]z ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँ, २२ फागुन
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७/७८ को सो प्रतिवेदन पेश गर्नुभएको हो । उहाँले आजै सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आव २०७७/७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पनि पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष देउवाले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आव २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालय प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

साताकाे चर्चित
सम्बन्धित