अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने
अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने

आगामी वर्ष २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ। 

    • बेल संचार

    • २३ फाल्गुन २०७८, सोमबार

निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको छ।

सोमबार आयोगले अगामी स्थानीय निर्वाचनको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको हो।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले निर्वाचनसम्बन्धी छपाइ सामग्री निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखाना र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरू सूचीकृतका लागि सार्वजनिक सूचना गरिएको पनि जानकारी दिए।

उनले मतदाता नामावली अद्यावधिक दाबी विरोधको समेत कार्यक्रम २०७८ अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, झूटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै पनि मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र निवेदन दिन आग्रह गर्ने र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने तथा उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने निर्णय भएको पनि बताए।

उनले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको लागि अडियो भिडिओ सामग्री तयारी गर्नको लागि निर्वाचनसम्बन्धी गीति सन्देश, संवादमूलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचना बमोजिम प्राप्त भएका रचनाको मूल्यांकन भइरहेको र उक्त सामग्री मतदाता शिक्षाको लागि निर्वाचन आयोगले अडिओ सामग्री तथा भिडिओ सामग्रीमा उपयोग गर्ने पनि बताए।

आगामी वर्ष २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ।

साताकाे चर्चित
सम्बन्धित