पुरुषलाई पनि पीडा छः अभिनेत्री रेखा थापा
पुरुषलाई पनि पीडा छः अभिनेत्री रेखा थापा
    • बेल संचार

    • २४ फाल्गुन २०७८, मंगलवार

चर्चित अभिनेत्री रेखा थापाले कमजोर महिलाको पति, बुवा, भाई वा प्रेमी सबै कमजोर हुने बताएकी छिन् ।अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै रेखाले पुरुषहरुले पाएको दुःख घटाउन घरभित्र योद्धा छोरी जन्मिनु पर्ने बताएकी हुन् । पुरुषको बिरुद्ध होइन्, पुरुषलाई पनि पीडा भएको उनले उल्लेख गरेकी छिन् ।

‘पुरुषको बिरुद्द होइन, पुरुषलाई पनि पिडा छ, पुरुषहरुले पाएको दुःख घटाऊन त्यो घर भित्र एउटा योद्दा छोरी जन्मिनु पर्छ भन्ने मान्दछु । कमजोर महिलाको पती, बुवा, भाई वा प्रेमी– सबै कमजोर बन्न पुग्दछन । ११२औँ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको शुभकामना’लेखिएको छ ।

साताकाे चर्चित
सम्बन्धित