नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड   
नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड   

बिक्री प्रबन्धककानुसार आईपिओमा कूल २५ लाख २७ हजार १०१ जनाले आवेदन दिएका थिए ।

    • Bell Sanchar

    • २४ फाल्गुन २०७८, मंगलवार

काठमाडौँ, 
ः नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरेको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज यहाँ साधारण शेयरको बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता साधारण शेयरमा दरखास्त आह्वान गरेको थियो ।

बिक्री प्रबन्धककानुसार आईपिओमा कूल २५ लाख २७ हजार १०१ जनाले आवेदन दिएका थिए । त्यसमा चार हजार १४६ जनाको आवेदन रद्द भई बाँकी २५ लाख २२ हजार ९५५ योग्य आवेदकमध्ये ७७ हजार ४५६ आवेदकलाई १० कित्ताका दरले गोला प्रथामार्फत शेयर बाँडिएको हो ।

बाँकी तीन कित्ता शेयर २० कित्ताभन्दा धेरै आवेदन दिनेलाई एकएक कित्ताका दरले बाँडिएको क्यापिटलले जनाएको छ । कम्पनीले निष्काशन गरेको साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत(४१ हजार ४३७) कित्ता सामूहिक लगानी कोषलाई, जारी पूँजी(रु २५ करोड ५० लाख)को शून्य दशमलव पाँच प्रतिशत (१२ हजार ७५०)कित्ता शेयर कर्मचारीलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले गत फागुन ११ गतेदेखि १५ सम्म आवेदन दिएका थिए । बाँडफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित