कर्णालीमा अध्यादेशबाट ल्याएको बजेट आठ महिनापछि पारित
कर्णालीमा अध्यादेशबाट ल्याएको बजेट आठ महिनापछि पारित

बजेट ल्याउने प्रयोजनका लागि ल्याइएको अध्यादेश प्रतिस्थापन गरी बजेट पारित गरिएको हो।

    • बेल संचार

    • २५ फाल्गुन २०७८, बुधबार

कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक बर्ष २०७८/०७९ को बजेट आठ महिनापछि पारित भएको छ।

बजेट ल्याउने प्रयोजनका लागि ल्याइएको अध्यादेश प्रतिस्थापन गरी बजेट पारित गरिएको हो।

अध्यादेशमार्फत् ल्याइएको बजेट मंगलबार प्रदेश सभा सदस्यहरुको बहुमतले पारित गरेका छन्।

विनियोजन अध्यादेश ०७८ र आर्थिक अध्यादेश ०७८ प्रतिस्थापन गर्न बनेका विनियोजन विधेयक ०७८ र आर्थिक विधेयक ०७८ प्रदेश सभाबाट बहुमतले पारित गरिएको छ।

गत असार १ मा ०७८/०७९ को बजेट पेश गरिएको थियो। त्यसपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदनमा अवरोध गरेपछि बजेटमाथि छलफल नै हुन पाएको थिएन।

संसदबाट उक्त बजेट पारित नभएपछि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको थियो।

यो आर्थिक वर्षको कर्णाली प्रदेश सरकारको बजेट ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार छ।

संवैधानिक व्यवस्था अनुसार सदन चल्न नसकेको अवस्थामा ल्याइएको अध्यादेश सदन चलेको ६० दिनभित्र प्रतिस्थापन नगरे निष्कृय हुन्छ।

साताकाे चर्चित
सम्बन्धित