भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेको छ ।
कोरोनाको तेस्रो लहर फैलिएपछि भारतले अन्तर्राष्ट्रिय उडानमा बन्देज लगाएको थियो । भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले काठमाडौ दिल्ली रुटमा दैनिक दुई उडान गर्ने भएको छ ।
नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनिक दुई उडान गर्ने बताएको हो ।
नेपाल वायुसेवा निगमका अनुसार १४ मार्चबाट यो रुटमा दैनिक दुई उडान हुनेछ । अहिले यस रुटमा निगमले दैनिक एक उडान गरिरहेको छ ।
अहिले भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् । नेपालबाट भने निगमले भारतमा मात्र उडान गर्दै आएको छ । बुद्ध एयरले पनि भारतको बनारसमा पुनः उडान शुरु गर्ने तयारी गरेको छ ।