एप्पलको आईफोन १३ नयाँ आवरणमा , जान्नुहोस् मूल्य र विशेषता
एप्पलको आईफोन १३ नयाँ आवरणमा , जान्नुहोस् मूल्य र विशेषता
    • Bell Sanchar

    • २६ फाल्गुन २०७८, बिहीबार

एप्पलले पीक पफरमेन्स समारोह (इभेन्ट) मा थुप्रै नयाँ प्रडक्ट लन्च गरेको छ । यसमा आईफोन एसई फाइभ–जी पनि लन्च गरिएको छ, तर यो सस्तो भने छैन । यसबाहेक आईफोन–१३ सिरिज को नयाँ मोडल पनि प्रस्तुत गरिएको छ ।

आइफोन–१३ सिरिजलाई दुई नयाँ शेड्समा लञ्च गरिएको छ । अब खरिदकर्ताले आईफोन –१३ सिरिजको हरियो रङको मोबाइल पनि किन्न सक्नेछन् । आईफोन–१३ को ग्रीन सेड, आईफोन १२ को ‘मिन्ट’ कलर र आईफोन ११ प्रोको ‘मिडनाइट ग्रीन’ रङमा उपलब्ध छ ।

 

यी गहिरा रङका छन् । आईफोन १३ प्रो सिरिजमा नयाँ ‘अल्पाइन ग्रिन’ कलर विकल्पको पनि प्रयोग गरिएको छ ।

यो आइफोन १३ को ग्रीन कलरभन्दा थोरै हल्का छ र यसमा मेटालिक टच दिइएको छ । एप्पलले आफ्नो फ्ल्यागशिप फोनलाई नयाँ भेरिएन्टका साथ रिफ्रेस गरेको यो पहिलो पटक होइन ।

गत वर्ष ‘स्प्रिङ इभेन्ट’मा एप्पलले बैजनी रङको आइफोन १२ र आइफोन १२ मिनी लञ्च गरेको थियो । आइफोन १२ को बैजनी रङ निकै आकर्षक थियो । अब कम्पनीले आईफोन १३ सिरिजको सबै मोडलका लागि नयाँ रङको विकल्प पेश गरेको छ ।

यसको अर्थ आईफोन १३ मिनी र आईफोन १३ दुबै फोन ग्रीन कलरको विकल्पमा उपलब्ध हुनेछ जबकी आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स नयाँ अल्पाइन ग्रिन कलरको विकल्पका साथ आउने छ । यसबाहेक आईफोनमा अन्य केही पनि परिवर्तन गरिएको छैन ।

आइफोन १३ मिनी र आइफोन १३ को मूल्य अन्य कलर अप्सन जत्तिकै राखिएको छ । आइफोन १३ मिनीको मूल्य नेपालमा १ लाख २० हजार ९ सय रुपैयाँमा उपलब्ध छ । आईफोन १३ को मूल्य १ लाख ३७ हजार ९०० रुपैयाँ रहेको छ ।

यसैगरी, आईफोन १३ प्रोको अल्पाइन ग्रीन रङको मूल्य १ लाख ९१ हजार ८४० रहेको छ । जबकी आईफोन १३ प्रो म्याक्सको मूल्य २ लाख ७ हजार ८४० रुपैयाँ रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित