काठमाण्डौँका सहायक सिडिओ उमाकान्त अधिकारी जन्मगाउँ पुगेर फर्किए
काठमाण्डौँका सहायक सिडिओ उमाकान्त अधिकारी जन्मगाउँ पुगेर फर्किए

आफनो जन्मभुमीलाई निकै माया गर्ने उनी गाउँमा जाँदा फरक रुपमा प्रस्तुत हुने गरेका छन ।

    • बेल संचार

    • २६ फाल्गुन २०७८, बिहीबार

जुम्ला हिमा गाउँपालिका उमाकान्त अधिकारी अहिले काठमाण्डौँ जिल्लाको सहायक सिडिओ हुन ।

उनी निकै सहयोगी र भलादमी स्वाभावका छन । आफनो जन्मभुमीलाई निकै माया गर्ने उनी गाउँमा जाँदा फरक रुपमा प्रस्तुत हुने गरेका छन । उनी गाउँलेका लागि नयाँ कार्यक्रम लिएर आउँछन । गाउँलेको न्यानो माया लिएर फर्कन्छन ।

२०६४ सालमा जुम्लाको सहायक सिडिओ भएका अधिकारीले मुगु र म्याग्दी जिल्लामा सिडिओ भएर चलाइसकेका छन । उनले गाउँमा शान्ति सुरक्षाको अवस्था मजबुद बनाउन प्रहरी चौकी स्थापनाको लागि पहल गरे । अहिले गाउँ नजिकै प्रहरी चौकी छ । काठमाण्डौँ जाने जुम्लाका हरेक नागरिकलाई उनले साथ दिने गरेका छन ।

हिमा १ का दत्तबहादुर शाही सबै कर्मचारीमा अधिकारी जस्तो सोच नआउने बताए । उनले भने,‘अधिकारीको जन्मभुमि प्रतिको चिन्ता र चासो फरक खालको छ । जो अहिले विस्तारै पुर्ति हुदैछन ।’ गाउँ जादा अधिकारीलाई गाउँले सिडिओ भनेर चिन्दछन । गाउँमा अधिकारीको बसाई निकै फरक हुन्छ । सबै संग साक्षत्कार गर्न चाहन्छन । एक आपसमा दु:ख सुख साट्न चाहन्छन ।

उनले यो पटक न्यानो कपडा ल्याएर गाउँ आए । गाउँका महिला,बालबालिका र जेष्ठ नागरिकलाई एकसरो कपडा दिएर फर्र्किए ।
मेगा विष्णु फाउण्डेशनका संरक्षण समेत रहेका अधिकारीले ४ सय जनालाई न्यानो कपडा बाँडे । गाउँमा सेवा गर्न सकियोस भन्ने हेतुले स्वर्गीय बुबा विष्णु अधिकारीको समृतिमा फाउण्डेशन दर्ता गरेर हरेक बर्ष सो फाउण्डेशबाट सहयोग गर्न गाउँमा आउने गरेका छन ।

स्थानीय सरकार संग समन्वय गरेर उनले न्यानो कपडा उपलब्ध गराए । गाउँपालिका अध्यक्ष रजबहादुर शाही,जिल्ला समन्वय समितिका सदस्य कल्पना परियार,वडाध्यक्ष लगायतको टोली लिएर गाउँमा पुगेपछि गाउँले चकित बने ।
जुम्लामा चिसो कायमै भएकोले यो कपडाले निकै राहत पुग्ने स्थानीय बताउँछन । फाउण्डेशनलाई सहयोग गर्ने तेजकुमार श्रेष्ठ,दिलबहादुर श्रेष्ठ र कृष्णबहादुर रजक पनि गाउँमै पुगे ।

अधिकारी हरेक पटक गाउँमा आउँदा केही न केही नयाँ सामाजिक काम लिएर आउँछन । स्थानीय खम्बा शाहीका अधिकारीकै पहलमा दैलोमा प्रहरीचौकी स्थापना भएको थियो । अधिकारी गृहमन्त्रालयमा हँुदा स्थानीयको माग अनुसार हिमा गाउँपालिका १ बड्कीमा स्थायी प्रहरी चौकी स्थापना सम्भव भएको उनी बताउँछन । चौकीको उद्घाटन गर्न पनि उनी आफै पुगेका थिए ।

सिञ्जा क्षेत्रमा प्रशासनिक कार्य थालनी गर्न उनको योगदान स्मरणीय छ । जसकारण अहिले सिञ्जा क्षेत्रमा ईलाका प्रशासन कार्यालय चलिरहेको छ । मुगुमा प्रमुख जिल्ला अधिकारी हुँदा नाग्म गमगडि राजमार्गमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही समेत गरेर बाटो सहज गर्ने प्रशासनिक भूमिका पुरा गरेका थिए । त्यहाँको सामाजिक कुरितिका विरुद्ध अभिायन नै चलाएको स्मरण स्थानीयले अहिले पनि गरिरहेका छन् ।

हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कर्मचारी भएपनि गाउँको सामाजिक काममा सधै अग्रसर हुने गरेकोमा उच्च प्रसंसा गरे । यसैगरी फाउण्डेसनले मुगु गमगडिका आगलागी पिडितलाई ७० वटा ब्लाङ्केट उपलब्ध गरेको छ । प्रजिअ अधिकारी यस अघि गृह मन्त्रालयको सूचना अधिकारी तथा सहप्रवक्ताको काम गरि सकेका छन ।

साताकाे चर्चित
सम्बन्धित