ओलीलाई विश्वप्रकाशको आग्रह : मतपत्रको रङबाट नतर्सिऔं
ओलीलाई विश्वप्रकाशको आग्रह : मतपत्रको रङबाट नतर्सिऔं

बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री शर्माले ओलीलाई मतपत्रको रङ भन्दा आफ्नो ढंग सच्याउन सुझाव दिए ।

    • बेल संचार

    • २६ फाल्गुन २०७८, बिहीबार

काठमाडौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मतपत्रको रङ देखेर नतर्सिन आग्रह गरेका छन् ।

निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय निर्वाचनमा चुनाव चिह्न हरियो रङको बनाउने निर्णय गरेको छ । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई फाइदा हुने गरी चुनाव चिह्न हरियो बनाउन खोजेको भन्दै आयोगको आलोचना गरिरहेका छन् ।

बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री शर्माले ओलीलाई मतपत्रको रङ भन्दा आफ्नो ढंग सच्याउन सुझाव दिए । ‘मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ । मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला’ उनले भने ।

मतपत्रको रङ कस्तो बनाउने भन्ने निर्णय निर्वाचन आयोगले स्वतन्त्र रुपमा गर्न सक्ने महामन्त्री शर्माले बताए ।

साताकाे चर्चित
सम्बन्धित