कांग्रेस लुम्बिनी प्रदेशले भन्यो : चुनावमा गठबन्धनबारे निर्णय गर्ने अधिकार स्थानीय समितिलाई
कांग्रेस लुम्बिनी प्रदेशले भन्यो : चुनावमा गठबन्धनबारे निर्णय गर्ने अधिकार स्थानीय समितिलाई

अन्य दलसँग गठबन्धन गर्ने÷नगर्ने अधिकार स्थानीय समितिलाई रहने बताउँदै उनले आवश्यकता परेको अवस्थामा सत्ता गठबन्धन भन्दा बाहिरका दलसँग पनि गठबन्धन हुन सक्ने बताए ।

    • बेल संचार

    • २६ फाल्गुन २०७८, बिहीबार

बुटवल

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले आसन्न स्थानीय तहको निर्वाचनमा अन्य दलसँगको गठबन्धन पार्टीको स्थानीय समितिले गर्नसक्ने अधिकार दिएको छ ।

बिहीबार पार्टी प्रदेश कार्यालय बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेस गठबन्धन नगरी पनि निर्वाचन लड्न सक्षम रहेको बताए ।

अन्य दलसँग गठबन्धन गर्ने÷नगर्ने अधिकार स्थानीय समितिलाई रहने बताउँदै उनले आवश्यकता परेको अवस्थामा सत्ता गठबन्धन भन्दा बाहिरका दलसँग पनि गठबन्धन हुन सक्ने बताए ।

उम्मेद्वार छनोट गर्दा निश्चित विधि र मापदण्ड बनाएर पार्टीले टिकट वितरण गर्ने पनि सभापति पुनले बताए । स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा पार्टीमा गरेको योगदान, जनाधारको मूल्यांकन, कार्य क्षमता, दक्षता सहितको समावेशितालाई प्राथमिकता, क्रियाशिलता, निरन्तरता, निष्ठा र त्यागको मूल्यांकन, प्रतिस्पर्धी पार्टीका उम्मेदवार समेतलाई मध्यनजर गरी उम्मेद्वार छनोट गरिने पुनले बताए ।

साताकाे चर्चित
सम्बन्धित