संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छ: शिक्षामन्त्री
संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छ: शिक्षामन्त्री

२०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजन गर्ने संस्कृत विश्वविद्यालयको प्रयास सराहनीय रहेको भन्दै मन्त्रालय सकारात्मक रहेको बताए। 

    • बेल संचार

    • २६ फाल्गुन २०७८, बिहीबार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रमअघि बढाउनुपर्ने बताएका छन्।

नेपाल संस्कृत विश्वविद्यालयको ७४ औं सभालाई सम्बोधन गर्दै उनले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धीलाई आत्मसाथ गर्दै र आफ्नो हितमा तीनको सार्थक उपयोग गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन्।

‘शिक्षा क्षेत्रलाई कोरोनाले महत्वपूर्ण पाठ सिकाएको छ’ मन्त्री पौडेलले भने, ‘यो महाव्याधिबाट हामीलाई शिक्षाको परम्परागत शैली र संरचनालाई पुनसंरचित गर्नुपर्ने साथै अध्ययन/अध्यापनका नवीन विकल्प खोज्दै जानुपर्ने आवश्यकताबोध भएको छ।’

मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योगविज्ञान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारीरिक एवम् मानसिक स्वास्थ्यसँग सम्बन्धित तर लुप्त हुन लागेका अनेकौं खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनुपर्ने बताए।

२०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजन गर्ने संस्कृत विश्वविद्यालयको प्रयास सराहनीय रहेको भन्दै मन्त्रालय सकारात्मक रहेको बताए।

साताकाे चर्चित
सम्बन्धित