अभिनेता पल शाहले कस्लाई भने ‘पवित्र माया’ छ ?
अभिनेता पल शाहले कस्लाई भने ‘पवित्र माया’ छ ?
    • Bell Sanchar

    • २८ फाल्गुन २०७८, शनिबार

अभिनेत एवम मोडल पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ बोलको गीत बजारमा आएको छ । गायक तामाङको सुमधुर आवाज रहेको उक्त गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

आर बि लामाले संगीत र रचना गरेको उक्त गीतलाई गायक एवम संगीतकार कर्साङ लामाले संगीत संयोजन र ध्वनी सम्पादन गरेका हुन । भिडियोमा अभिनेता पल शाह र मोडल गरिमा शर्माको अभिनय समेटिएको छ । राम कुमार केसीले छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन ।

अभिनेता पल शाह भने अहिले प्रहरी हिरासतमा छन । एक नाबालिक गायिकाले करणी गरेको आरोप लागेपछी उनी आँफैँ तनहुँँ प्रहरी कार्यालयमा पुगेका हुन ।

साताकाे चर्चित
सम्बन्धित