६५ किलो गाँजासहित एक पक्राउ
६५ किलो गाँजासहित एक पक्राउ

पक्राउ पर्नेमा धनकुटा सहिदभूमि नगरपालिका-१ का ३१ वर्षीय दीपेश राई रहेका छन्।

    • बेल संचार

    • २८ फाल्गुन २०७८, शनिबार

प्रहरीले मोरङको केराबारीबाट ६५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटा सहिदभूमि नगरपालिका-१ का ३१ वर्षीय दीपेश राई रहेका छन्।

को२३प ३८६१ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले बताए।

इलाका प्रहरी कार्यालय केराबारीको टोलीले राईलाई बिहीबार केराबारी गाउँपालिका-७ मुगुटोलबाट पक्राउ गरेको थियो।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट लागुऔषध कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको मुकारूङले बताए।

साताकाे चर्चित
सम्बन्धित