आर्थिक सहयोग   
आर्थिक सहयोग   

उपचारका क्रममा रहेकी उनीलाई कमिटीले रु रु दुई लाख सात हजार विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलनगरी सहयोग गरेको हो ।          

    • बेल संचार

    • २९ फाल्गुन २०७८, आईतवार

तनहुँ,
वाइसीएल नेपाल व्यास नगर कमिटीले दुवै मिर्गौलाका बिरामी व्यास –१४ की १९ वर्षीया खुश्बु रानाको उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ । उपचारका क्रममा रहेकी उनीलाई कमिटीले रु रु दुई लाख सात हजार विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलनगरी सहयोग गरेको हो ।

वाइसीएल केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज ईश्वर बस्याल, गण्डकी प्रदेश सदस्यद्वय बादल आले र एचबी मगर, सदस्यलगायतले खुश्बुका श्रीमान् कोमबहादुर रानालाई संयुक्तरूपमा उक्त रकम शनिबार हस्तान्तरण गर्नुभएको हो । अर्थावस्था नाजुक खुश्बुको उपचारका लागि उक्त रकम सङ्कलन भएको कमिटीका अध्यक्ष निर्दोष भट्टराईले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित