आयुर्वेद स्वास्थ्य शिविर   
आयुर्वेद स्वास्थ्य शिविर   

म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा सम्पन्न निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २३५ लाभान्वित भएका छन् ।

    • बेल संचार

    • २९ फाल्गुन २०७८, आईतवार

म्याग्दी, 
म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा सम्पन्न निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २३५ लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो । एकदिने शिविरबाट ती बिरामीले सेवा लिएका केन्द्रका लेखापाल सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो ।

स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिइएको उहाँले बताउनुभयो । केन्द्रका निमित्त कार्यालय प्रमुख दामोदर शर्मा, आयुर्वेद चिकित्सक सन्देश अधिकारी, वैद्य निरीक्षक प्रेम गौतम, मुना स्वास्थ्यचौकीका प्रमुख अनिषा आचार्यलगायतको टोलीले सेवा दिएको थियो ।

मुना, मुदी, लुलाङ र ताकमका बासिन्दाले सेवा लिएका थिए । ग्यास्ट्रिक, गानोगोला, कब्जियत, बाथ, नशा च्यापिएको, बाथ, कमलपित्त, पिना, दम, रक्तचाप, मधुमेह, स्त्रीरोग र नशासम्बन्धी समस्या भएकाले सेवा लिएका थिए । दुर्गम, ग्रामीण क्षेत्रका सर्वसाधारणलाई स्थानीयस्तरमै सहज र सर्वसुलभ सेवा उपलब्ध गराउने तथा आयुर्वेद उपचारप्रति आकर्षण बढाउने उद्देश्यले शिविरको आयोजना गरिएको हो । धवलागिरि गाउँपालिकाको समन्वयमा आयोति शिविरको वडा नं ३ का अध्यक्ष पुर्म पुनले शुभारम्भ गर्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित