विधेयकका सम्बन्धमा प्रस्तुत प्रस्ताव पारित   
  विधेयकका सम्बन्धमा प्रस्तुत प्रस्ताव पारित   

प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्य अम्बिका थापाले रातो किताबमा उल्लेखित योजना र बजेटलाई सरकारले निरन्तरता दिनुपर्ने माग गर्नुभयो ।

    • बेल संचार

    • २९ फाल्गुन २०७८, आईतवार

विराटनगर,
प्रदेश नं १ को प्रदेश सभाको आजको बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई व्यवस्था गर्न बनेको विधेयक, २०७८ माथि संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ ।बैठकमा सामाजिक विकासमन्त्री राजन राईले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

शून्य समय

प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्य अम्बिका थापाले रातो किताबमा उल्लेखित योजना र बजेटलाई सरकारले निरन्तरता दिनुपर्ने माग गर्नुभयो । सदस्य जसमाया गजमेरले हिंसामा परेका महिला तथा बालबालिकाको उपचारमा खटिने जनशक्तिको अवस्थाका बारेमा सरकार सचेत हुनुपर्ने बताउनुभयो ।

सदस्य राजकुमार ओझाले पूर्व–पश्चिम रेलमार्गमा परेका जग्गाका पीडित परिवारलाई सरकारले छिट्टै राहत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयोे । सदस्य लीला सुब्बा र लोकप्रसाद सङ्ग्रौलाले प्रदेशको नामकरण हुन नसक्दा हिनताबोध भइरहेको टिप्पणी गर्नुभयो । सदस्य सरिता थापाले सङ्खुवासभाको मादीमा भएको सडक दुर्र्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई सरकारले राहत उलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।प्रदेशसभाको अर्को बैठक आगामी चैत १० गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित