राष्ट्रिय योगासन प्रतियोगितामा विजयीलाई नगद पुरस्कार   
     राष्ट्रिय योगासन प्रतियोगितामा विजयीलाई नगद पुरस्कार   

     राष्ट्रिय योगासन प्रतियोगितामा विजयीलाई नगद पुरस्कार   

    • बेल संचार

    • २९ फाल्गुन २०७८, आईतवार

काठमाडौँ, 
पतञ्जली योग समिति, युवा नेपाल शाखाले विभिन्न उमेर समूहका लागि आयोजना गरेको राष्ट्रिय योगासन प्रतियोगिता सम्पन्न भएको छ । मण्डिखाटारस्थित पतञ्जली योगपिठमा भएको प्रतियोगितामा ७ देखि १३ वर्ष उमेर समूहको एकल प्रतिस्पर्धामा महिलातर्फ कीर्तिका केसी, सुनी गुरुङ र दीक्षा धिमाल तथा पुरुषतर्फ ध्रुव थापामगर, जय चौधरी र अविनाश नेपाल क्रमशः प्रथम द्वितीय हुनुभएको थियो ।
प्रतियोगितामा १४ वर्षदेखि १९ वर्ष उमेर समूहमा महिलातर्फ सुनिता ढकाल, मनिषा गुरुङ र बिसिका ढकाल तथा पुरुषतर्फ बुद्ध गुरुङ, धीरज माझी र मनिस श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो ।प्रतियोगितामा २० देखि २९ वर्ष उमेर समूहमा महिलातर्फ मुना शर्मा, प्रतिमा लुइँटेल र स्वस्तिका पन्त तथा पुरुषतर्फ रोशन विष्ट, पर्मेश्वर पौडेल र आङछिरिङ लामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो ।

त्यस्तै ३० देखि ४० वर्ष उमेर समूहको महिलातर्फ रमा कार्की, गङ्गा पुन र रविना बके तथा पुरुषतर्फ निल कमल राय, उमाशङ्कर जोशी र देवबहादुर थापा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो ।प्रतियोगितामा ४१ माथि उमेर समूहको महिलातर्फ दुर्गा पन्त, मनिषा बडाल र सिर्जना पौडेल तथा पुरुषतर्फ हरिराम चौधरी , नबराज खत्री र राजकुमार उडारी क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो ।

कार्यक्रममा रिदमिक समूहगत विधामासमेत प्रतिस्पर्धा गराइएको थियो, प्रतियोगितामा सातै प्रदेशबाट १५० जनाको सहभागिता थियो । प्रत्येक उमेर समूहका प्रधिस्पर्धामा प्रथम हुनेलाई रु २१ हजार, द्वितीय हुनेलाई रु ११ हजार १०० र तृतीय स्थान हासिल गर्नेलाई पाँच हजार १०० पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक केदार वस्ताकोटीले जानकारी दिनुभयो ।

प्रतियोगिता सफलरुपले सञ्चालनको कामना गर्दै आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले भर्चुअल माध्यमबाट शुभकामना शन्देश दिनुभएको राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिँदै नसर्ने खालका रोग र शारीरिक व्यायाम नगरेका कारण लाग्ने रोग योगका माध्यमबाट निधान गर्न सकिने बताउनुभयो ।

पतञ्जलि योगपिठ नेपालका ट्रष्टी शालिग्राम सिहंले योगलाई नागरिकतहसम्म पु¥याउने उद्देश्यले राष्ट्रव्यापी प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।
–––

साताकाे चर्चित
सम्बन्धित